७ श्रावण २०८३, बिहिबार

फेरि बढ्यो महुली लघुवित्तको सेयर मूल्य, प्रतिकित्ता कति पुग्यो ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य फेरि वृद्धि भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य ५.८४ प्रतिशतले वृद्धि भएको हो ।

साताको पाँचौं कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ ६० पैसाले वृद्धि भई १ हजार २०७ रुपैयाँ ९० पैसा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको २ लाख ४१ हजार रुपैयाँ बराबरको २०९ कित्ता सेयर किनबेच भएको हो ।


प्रतिक्रिया दिनुहोस्