श्रृजनशील लघुवित्तको आइपीओमा १ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओमा दोस्रा दिनसम्ममा १ अर्ब रुपैयाँ भन्दा बढी संकलन भएको छ । दिन मै ४७ करोड रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा ९ लाख ९४ हजार ४४६ जना आवेदनबाट १ अर्ब १० करोड ८३ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ८३ हजार ६७० कित्ता शेयरको लागि आवेदन परेको हो । जुन माग भन्दा ३०.०७ गुणा बढी हो ।
लघुवित्तले बुधबार (भदौ १५ गते) देखि जारी पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३६ प्रतिशत आईपीओ निष्कासन गरेको हो । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको छ । कुल ३ लाख ९३ हजार ७५० कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार ४७० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधि भित्र माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म थप हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन । यसका साथै सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग रेटिङ्ग प्रदान गरेको छ ।