१ कार्तिक २०८३, आइतबार

नेपालले गत बर्ष १९ खर्ब २० अर्ब बराबरको बस्तु आयात गर्यो



काठमाडौ । गत आर्थिक बर्षमा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको बस्तु विभिन्न मुलुकबाट आयात गरेको छ । नेपालले बिषेश गरी ११ अर्ब ९४ खर्ब रुपैयाँ बराबरको मात्रै २० प्रकारका बस्तु आयात गरेको हो ।

नेपालले आयात गर्ने पेट्रोलियम पदार्थ, यातायातका सामाग्री, मेशिनरी पार्टपुर्जा, औषधी, सोयाबिन आयाल, टेलिकम्यूनिकेशन सामाग्री, विलेट, धान, सुन, कोल, पाम आयल, इलेक्ट्रिकल सामाग्री, रेडिमेट ग्रामेन्ट, टेक्सटायल लगायतका २० प्रकारका साम्रागी आयात गर्दै आएको छ ।

अघिल्लो बर्षको तुलनामा गत बर्ष नेपालले पाम आयल सबैभन्दा बढी आयात गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत बर्ष नेपालले ३९ अर्ब ३१ करोड रुपैयाँ बराबरको पाम आयल आयात गरेको छ । यो रकम अघिल्लो बर्षको तुलनामा ४४३ प्रतिशतले बढी हो । त्यस्तै, फलामे सामाग्री धेरै आयात गरेको छ । गत बर्ष २३ अर्ब ९८ करोड रुपैयाँ बराबरको फलामे सामाग्री आयात भएको छ । यो रकम अघिल्लो बर्षको तुलनामा २०४ प्रतिशतले बढी हो ।

पेट्रोलियम पदार्थ र औषधी पनि धेरै आयात गर्ने बस्तुमा पर्छ । नेपालले गत बर्ष तीन खर्ब ३४ अर्ब रुपैयाँ बराबरको औषधी आयात गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९० प्रतिशतले बढी हो । त्यस्तै, नेपालले ७६ खर्ब ८ अर्ब रुपैयाँ बराबरको औषधी आयात गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९० प्रतिशतले नै बढी हो । तर, गत आवमा विलेट, धान, केमिकल आयातमा भने गिरावट आएको छ ।