शतप्रतिशत हकप्रद सेयर जारी गर्दै अरुण कावेली पावर, बोर्डसंग माग्यो अनुमति

काठमाडौं । अरुण कावेली पावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ बराबर १ सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न भदौ १२ गते बोर्डमा निवेदन पेश गरेको हो ।
कम्पनीले १०० रुपैयाँ दरमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०६ कित्ता सेयर जारी गर्नेछ ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगले कम्पनीलाई अनुमति दिइसकेको छ ।