पठाओबारे यसरी खुले राइडरः जिविकोपार्जन गर्न सक्ने बनाएको छ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पठाओबारे यसरी खुले राइडरः जिविकोपार्जन गर्न सक्ने बनाएको छ



काठमाडौं । बर्दिया घर भई काठमाडौस्थित बानेश्वरमा बस्दै आएका मिराज लुइँटेल पठाओ राइड गर्छन्। आम्दानी राम्रै छ उनको । यात्रुहरु दिनमा ३० जनासम्म पनि हुन्छन् कहिले २० त कहिले १० जना ।पठाओ एउटा एप हो , जस्मा मान्छेहरु एक ठाउँ देखि अर्को ठाउँमा सहज र छिटो रूपमा पुग्नको लागि प्रयोग गर्ने एप हो जहाँ ट्याक्सी,बाइक,इस्कुटर जस्ता दुई पाँग्रे, चार पाङ्ग्रे सवारी साधन हुन्छन। साधनहरु पठाओ कम्पनीमा दर्ता गरेपछी यो सेवा लिन दिन सकिन्छ। कोरोना महामारीले आफ्नो व्यापार नै खायो अनि व्यापार उकास्न नसकेर पठाओ तिर लागेको मिराजले भने।

’मेरो एउटा इस्कुटर थियो, त्यही स्कुटरलाई पठाओमा दर्ता गरे अनि काम सुरु गरे । पठाओलाई मान्छेहरुले जे जस्तो भने पनि मलाई भने काठमाडौंमा जिविकोपार्जन गर्न सक्ने बनाएको छ । म जस्तै लगानी गरेर व्यावसाय गर्न न सक्ने, रोजगारी नभएका र अनुभव नभएकालाई बाँच्नलाई साहारा बनेको छ जस्तो लाग्छ मलाई’ मिराजले भने । पठाओ मार्फत हामीले ग्राहकलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउछौ र कम्पनीले तोकेको मूल्य ग्राहकबाट लिन्छौ,ग्राहकबाट लिएको पैसामा २० प्रतिशतका दरले पाठाओ कम्पनी लाई तिर्छौ । ८० प्रतिशत राइडरले पाउँछन् । विभिन्न समयमा यात्रुलाई बोनस र कमिशन समेत दिने गरेको छ पठाओले। पठाओ राइडरले साढे दुई किलोमिटर भित्रको यात्रु मात्र बोक्न पाउने हुँदा उसको औसत ’पिकअप’ समय ४ मिनेट रहेको लुइँटेल बताउछन् ।

पठाओको तुलनामा टुटलले आफ्ना राइडरलाई धेरै फाइदा दिन्छ । ग्राहकले पहिलो ३ किलोमिटरसम्म ६० रुपैँया, ३–६ किलोमीटरसम्म १८ रुपैयाँ प्रतिकिलोमिटर २५ तिर्नुपर्छ । ग्राहकले तिरेको पैसाको १६ प्रतिशत राइडरले पाउछन् । यसरी हेर्दा राइडरका लागि टुटल नै लाभदायक देखिए पनि त्योभन्दा दुई वर्षपछि स्थापित पठाओले कम समयमै कसरी फड्को मार्न सक्यो?

पठाओका राईडर लुइँटेल आफ्नो आधुनिक र स्मार्ट ’एप’ का कारण राइडर र यात्रु दुवैलाई सुबिधा हुँदा बजार विस्तार भएको बताउँछन् ।नेपालमा ’राइड सेयरिङ’ सुरु हुँदा पठाओको नामनिसान थिएन। २०७५ को पुस अन्तिम साता ट्राफिक प्रहरीले टुटल र पठाओका केही चालक नियन्त्रणमा लियो । रातो नम्बर प्लेटको निजि दुइपाँग्रे सवारी भाडामा मान्छे बोक्न नपाइने भन्दै कारबाही गरियो । त्यो बेला काठमाडौमा टुटल चर्चित भैसकेको थियो पठाओ भन्दा ।

एकाएक कारबाहीमा परेपछि टुटलसँगै पठाओ पनि परिचित भयो। सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा दुवै कम्पनीका नाम छाए। निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि दुई कम्पनीले निर्वाध चल्न पायो। दुवै कम्पनीबाट सेवा लिनेहरू बढे । यी राइड सेयरिङ कम्पनीको मेरूदण्ड वा सेवाको आधार नै ’एप्लिकेसन’ हो। एप्स राम्रोसँग चल्ने भए चालक र ग्राहक दुवैलाई सजिलो हुने पठाओका राइडर लुइँटेल बताउँछन्। ग्राहक त जहाँ छिटो र सजिलै सेवा पाइन्छ त्यहीँ जाने हो ।राइड सेयरिङ सेवा नेपालमा आएको ६ वर्षसम्म आइपग्दा टुटल र पठाओ, जस्ता अरुपनि राइड सेयरिङका एप बजारमा आएका छन्। ग्राहकलाई सहज र सरकारले पनि समर्थन गरेको यो सेवाले धेरै युवालाई रोजगारी पनि दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्