यी हुन आज उच्च दरमा सेयर मूल्य घटेका कम्पनीहरु « Arthapath.com
१० असार २०८३, बुधबार

यी हुन आज उच्च दरमा सेयर मूल्य घटेका कम्पनीहरु



काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार २१.२२ अंकले घटेको हो ।

आज बजार परिसुचक १९५१.७९ अंकको विन्दुमा पुगेर बन्द भएको छ ।आज म्युचुअल फण्ड ०.०६ अंकले वृद्धि भएको छ । यी बाहेकका सबै समूहहरु रातम्मे बनेका छन् ।

आज सानिमा माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको छ । आज कम्पनीको सेयर मूल्य ७.३२ प्रतिशत अर्थात प्रतिकित्ता २३ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य २९१ रुपैयाँ कायम भएको छ ।

उक्त दिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ६.२ प्रतिशतले घटेको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँ १० पैसाले घटेर ४२२ रुपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ५.५३ प्रतिशत अर्थात प्रतिकित्ता १२ रुपैयाँले घटेको छ ।

आज रु रु जलविद्युत परियोजनाको सेयर मूल्य ४.८९ प्रतिशत, रिभर फल्स पावरको ४.५५ प्रतिशत, विन नेपालल लघुवित्तको ४.५०, उपर सोलु हाइड्रोको ४.१३, हिमालयन हाइड्रोपावरको ४.१३, अपि पावरको ४.०१ प्रतिशतले घटेको छ।

उक्त दिन यी कम्पनीहरुसहित बरुण हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, रिदी पावर, पोखरा फाइनान्स लगायतका लगानीकर्ताले गुमाएका छन् ।

उक्त दिन कारोबार रकममा भने झिनो बढोत्तरी देखिएको छ । आज १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

उक्त दिन हिमालयन एभरेष्ट इन्स्योरेन्ससहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज हिमालयन एभरेष्टको ९ करोड १४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । उक्त दिन कम्पनीको २ लाख १७ हजार २३ कित्ता सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य ४२२ रुपैयाँ ९० पैसा कायम भएको छ ।

यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिदी पावरको ९ करोड ११ लाख ७० हजार रुपैयाँ बराबरको १ लाख ५२ हजार ९१४ कित्ता सेयर खरिदबिक्री भएको छ । कम्पनीको सेयर मूल्य भने ५८४ रुपैयाँ रहेको छ ।

त्यसैगरि तेस्रो स्थानमा रहेको सानिमा माइ हाइड्रोपावरको ८ करोड ५५ लाख ८७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कम्पनीको २ लाख ८८ हजार ३६३ कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य २९१ रहेको छ।


प्रतिक्रिया दिनुहोस्