लुम्बिनी विकास बैंकका चार जना संस्थापकको सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

लुम्बिनी विकास बैंकका चार जना संस्थापकको सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले चार जना संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

बैंकले संस्थापक सेयरधनी सुजन बरालको नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरेलको नाममा रहेको ४ हजार कित्ता, युगराज रेग्मीको नाममा रहेको ६५ हजार कित्ता र गणेश राज रेग्मीले ११ हजार ४०७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन । उक्त सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

आवेदन आजैका मितिले ३५ दिनदभित्र बैंकको बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा आईपुग्ने गरि पेश गर्नुपर्नेछ ।

तोकिएको उक्त म्यादभित्र संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि बिक्रीमा ल्याउने बताइएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्