लगानी गर्ने होइन त ? इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम मौका
काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने मंगलबार (भदौ २८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौं ७ देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले १ सयअंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानीय बासिन्दालाई उक्त सेयर निष्कासन गर्न लागेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आईपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ ।
यो आईपीओमा एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।















