तपाई माछापुच्छ्रे बैंकको सेयरधनी हो ? यस्तो आयो सूचना !

काठमाडौं । माछापुच्छ्रे बैंकले पुरानो लाभांश लिन अनुरोध गरेको छ । बैंकले विगत ४ आर्थिक वर्षको नगद लाभांश बुझिलिन आफ्ना सेयरधनीलाई आग्रह गरेको हो ।
बैंकले आर्थिक वर्षहरु २०७३/७४ बाट वितरण गरेको चुक्ता पुँजीको ६ प्रतिशत, आव २०७४/७५ बाट वितरण गरेको १० प्रतिशत, आव २०७५/७६ बाट वितरण गरेको ११ प्रतिशत, आव २०७६÷७७ बाट ३.३७ प्रतिशत नगद लाभांश लिन भएको छ ।
एक सूचना निकाल्दै बैंकले हालसम्म पनि ती आवको नगद लाभांश खातामा नआएका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गर्न भनेको छ । डिम्याट खातामा बैंक खाता अद्यावधिक गरेपछि मात्र नगद लाभांश बैंक खातामा प्राप्त हुने बैंकले जनाएको छ ।
