के तपाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुहुन्छ ? यसरी लिन सकिन्छ सापटी ! « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

के तपाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुहुन्छ ? यसरी लिन सकिन्छ सापटी !



काठमाडौ । सामाजिक सुरक्षा कोषले भदौ देखि कोषमा आबद्ध भएका योगदानकर्तालाई सापटी सुविधा योजना सञ्चालनमा ल्याएको छ । यो सुविधा अनुसार कोषमा योगदान गरेका श्रमिकले कम्तिमा ९ प्रतिशत ब्याजदरमा २० बर्षसम्मको सापटी पाउँने सक्नेछन् । यदि तपाई कोषमा आबद्ध हुनुहुन्छ भने कोषले दिने कर्जाको बारेमा थाहा पाउनुहोस ।

घर निर्माणका लागि ७५ लाख रुपैयाँसम्म सापटी
सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले घर निर्माण र मर्मतका लागि ७५ लाख रुपैयाँसम्म सापटी पैसा पाउँछन् । योगदानकर्ता सापटी निर्देशिका अनुसार कोषले नयाँ घर निर्माण, आफनो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न, संयुक्त आवासमा यूनिट खरिद गर्न र घर खरिद गर्न सापटी दिनेछ । यस्तो सापटी पैसा सेवा अवधिको अनिवार्य अवकाश हुन कम्तिमा दुई बर्ष बाँकी रहेका योगदानकर्तालाई प्रदान गर्छ ।

घर सापटी स्वकृति गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकम, ७५ लाख रुपैयाँ, योगदानकर्ताको १५ बर्षको तलब वा योगदानकर्ता साठी बर्ष उमेर पुग्न कार्य अवधिमासम्मको तलबमा नबढ्ने गरी जुन कम हुन्छ सो रकमसम्म प्रदान गरिनेछ ।

कुनै योगदानकर्ताले सापटी स्वीकृत भएको दुईबर्ष भित्रमा स्वीकृत भएको सम्पूर्ण रकम उपयोग नगरेमा अवस्थामा घर सापटीको अधिकत्तम सीमा कायम गरिनेछ । पति र पत्नी दुवैजना योगदानकर्ता भएमा एउटै धितोबाट दुईजनाको नाममा सापटी हिसाब गर्दा सापटी अधिकत्तम सीमा दुवैजनाको तलवमानको आधारमा अलग अलग कायम गरी सापटी प्रदान गर्न सकिनेछ । तर, यसरी अलग अलग सापटी प्रदान गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकम भन्दा बढी प्रदान गरिदैन ।
घर निर्माण गर्ने प्रयोजनका लागि घर सापटी प्रदान गर्दा कम्तीमा दुई किस्ता र अधिकत्तम चार किस्ता कायम गरिनेछ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्याङ्कनकर्ताले सिफारिश गरेको प्रगति विवरणको आधारमा कायम गरिनेछ । तर, घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट प्रदान गरिने निर्देशिकामा उल्लेख छ ।

योगदानकर्ताले घर सापटीको पहिलो किस्ता लिएको बढीमा बीस बर्ष भित्र सापटी चुक्ता गर्नु पर्नेछ । तर, योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छोडेको छ बर्ष भित्र त्यस्तो सापटी चुक्ता गरिसक्नु पर्नेछ । त्यस्तै, योगदानकर्ताले लिएको घर सापटी चुक्ता गरेमा पुन ः घर सापटी दिन पाउन सक्नेछ ।

३५ लाखसम्म शैक्षिक सापटी
समाजिक सुरक्षा कोषले अधिकत्तम ३५ लाख रुपैयाँसम्म शैक्षिक सापटी पैसा प्रदान गर्छ । योगदानकर्ताको परिवारको दुई जना सदस्यसम्मलाई यस्तो खालको सापटी प्रदान गर्दैछ ।
शैक्षिक सापटी स्वीकृती गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी ३५ लाख रुपैयाँ, सम्बन्धित शिक्षण संस्थामा लाग्ने बास्तविक खर्चमध्ये जुन कम हुन्छ सो रकमसम्म प्रदान गर्न स्वीकृति गरिनेछ । सम्बन्धित शिक्षण संस्थामा लाग्ने बास्तविक खर्चमा भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, होस्टेल खर्च, शैक्षिक समाग्री खर्च, टा«भल खर्च, बिमा खर्च र अन्य खर्चको गणना गर्नुपर्नेछ ।

योगदाकर्ताले सापटी स्वीकृत भएको दुईबर्ष भित्रमा स्वीकृत भएको सम्पूर्ण रकम उपयोग नगरेमा सो अवधिसम्म लिएको सापटीलाई निजको हकमा शैक्षिक सापटीको अधिकत्तम सीमा कायम गरिनेछ । शैक्षिक सापटी एकमुष्ट वा बढीमा चार किस्तामा भुक्तानी गर्न सकिनेछ ।

योगदानकर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुन ः शैक्षिक सापटी प्रदान गर्न सकिनेछ । यसरी पुन ः सापटी प्रदान गर्न सबै प्रक्रिया पुरा गर्नुपर्नेछ । योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघने गरी सहुलियत अवधि सहित शैक्षिक सापटीको पहिलो किस्ता लिएको बढीमा १५ बर्षभित्र सापटी चुक्ता गर्नुपर्नेछ । तर, योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा छाडेको छ बर्ष भित्र त्यस्तो सापटी चुक्ता गरिसक्नुपर्नेछ ।

सामाजिक कार्य सापटी
कोषमा योगदान गरेका श्रमिकले आफनो धितोले खामे जति रकम समाजिक कार्यका लागि सापटी पाउँनेछन् । योगदानकर्ता आफू वा एकाघर, संगोलको परिवारको सदस्यको सामाजिक कार्य लागि कोषले यस्तो सापटी प्रदान गर्नेछ । जस्तै, विवाह, ब्रतबन्ध, काजक्रिया, गुन्यूचोलो, पासनी लगायतका कार्यका सापटी पाईनेछ ।

त्यस्तै, कोषमा कम्तीमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकाश हुन कम्तीमा दुई बर्ष सेवा अवधि बाँकी रहेका योगदानकर्ता जसको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकत्तम ८० प्रतिशत रकमसम्म प्रदान गरिनेछ ।
विशेष सापटी लिएको योगदानकर्ताले चाहेमा एक बर्ष पूरा भएपछि पुन ः विशेष सापटी पाउन सक्नेछन् । विशेष सापटी योगदानकर्ताले मासिक तलवबाट कट्टी गरी वा कोषले तोकेको बैङ्क खातामा पटक पटक वा एकै पटक जम्मा गरी चुक्ता गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्