पञ्चकन्या ग्रुपको ५०औं वार्षिकोत्सवको अवसरमा दन्त शिविर कार्यक्रम सम्पन्न
काठमाडौं । पञ्चकन्या ग्रुपको आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा भदौं २३ र २४ गते गु्रपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा “सहयात्री नेपाल”को सहयोगमा दन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त शिविरमा “सहयात्री नेपाल”बाट डाक्टर र प्राविधिक गरी जम्मा ११ जना जनशक्तिबाट ग्रुपमा कार्यरत १५६ जना कर्मचारीहरुको दाँतको चेकजाँच, दन्त सर–सफाई, औषधी वितरण, आवश्यक परामर्श उपलब्ध भएको थियो । सोही संस्थाले यस ग्रुपको कारखाना कार्यालय, भैरहवामा समेत मिति २०७९ भाद्र १२ देखि १६ गतेसम्म दन्त शिविर आयोजना गरेको थियो ।
पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा यस्ता प्रकारका सामाजिक कार्यव्रmमहरु निरन्तर गर्दै आएको छ ।


















