२३ अर्ब १९ करोड संकलन भयो सामाजिक सुरक्षा कोषमा « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

२३ अर्ब १९ करोड संकलन भयो सामाजिक सुरक्षा कोषमा



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषका २३ अर्ब १९ करोड रुपैयाँ संकलन भएको छ । कोषको तथ्यांक अनुसार भदौ महिनाको २५ गतेसम्ममा ४१ हजार ३२८ ले दाबी गरेका छन् । कोषले ५७ हजार ९४३ पटक भुक्तानीमा हालसम्म दुई अर्ब १७ करोड रुपौयँ भुक्तानी गरिसकेको छ ।

तथ्यांक अनुसार कोषका संकलन भएको रकमध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ६९ करोड ८७ लाख रुपैयाँ संकलन भएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ९७ करोड ८२ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै, आश्रित परिवार सुरक्षा योजनामा १८ करोड ८६ लाख रुपैयाँ, वृद्ध अवस्था सुरक्षा योजना बापत १५ अर्ब ३७ करोड रुपैयाँ, साधारण अवकोष कोष बापत चार अर्ब ४२ करोड रुपैयाँ, विशेष सुविधा अवकाश बचत कोषमा ३१ लख ४७ हजार, अतिरिक्त योगदान कोष २२ करोड २९ लाख, अन्य कोषबाट स्थान्तरण भएको २८ करोड ८२ लाख, अवकाश प्रतिफल कोष १८ करोड, ८० लाख र निवृतिभरण प्रतिफल कोषमा ८३ करोड ८१ लाख रुपैयाँ जम्मा भएको छ ।

त्यस्तै, गत भदौ २५ गतेसम्ममा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना बापत १५ हजार ३४९ जनाले कोषमा दाबी गरेका छन् । जसमध्ये कोषले सो अवधिसम्ममा २६ हजार १३८ पटकमा २६ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना बापत ७३६ वटा दाबी परेको छ । जसमध्ये कोषले एक हजार १७ पटकमा दुई करोड ८९ लाख रुपैयाँ भुक्तानी गरेको छ । आश्रित परिवार सुरक्षा योजना बापत भने कोषमा २५३ वटा दाबी परेको थियो । जसमध्ये चार हजार १३३ पटकमा चार करोड ११ लाख रुपैयाँ भुक्तानी भएको छ । वृद्ध अवस्था सुरक्षा योजना बापत २४ हजार ९९० वटा दाबी परेको छ भने कोषले २६ हजार ६५५ पटकमा एक करोड ८४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।


प्रतिक्रिया दिनुहोस्