असोज महिनामा ब्याजदर बढाउने बैंकर्स संघको निर्णय, नयाँ ब्याजदर कति ? « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

असोज महिनामा ब्याजदर बढाउने बैंकर्स संघको निर्णय, नयाँ ब्याजदर कति ?



काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरुले ब्याजदर बढाउने भएका छन्। गत फागुनदेखि कायम रहेको ब्याजदर आगामी असोजदेखि बढाउने भएका हुन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले ब्याजदर बढाउने निर्णय गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले बताए । उनका अनुसार मुद्धति निक्षेप ११.०३ प्रतिशतबाट बढाएर १२.१३ प्रतिशत पुर्याइएको हो ।

बैंकहरुले अब संस्थागत तर्फ १०.१३ र बोलकबोल तर्फ ६.०३ प्रतिशत ब्याज दिने छन् । असोजमा बैंकहरुले निक्षेपको ब्याजदर बढाएसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको छ ।

गत फागुनदेखि नै बैंकहरूले निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्