असोज १ गतेदेखि यस्तो हुने छ मुक्तिनाथ विकास बैंक ब्याजदर, कुनमा कति ? « Arthapath.com
३१ भाद्र २०७९, शुक्रबार

असोज १ गतेदेखि यस्तो हुने छ मुक्तिनाथ विकास बैंक ब्याजदर, कुनमा कति ?



काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते) देखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर बढाएको हो ।

६ महिना देखि नबढेको ब्याजदर भदौ ३० गते बसेको नेपाल बैंकर्स संघको बैठकले राष्ट्र बैंकको निर्देशनमा रहि बैंकहरुले आफुखुसी ब्याजदर निर्धारण गर्ने पाउने निर्णय गरेसँगै आज सबै बैंकले ब्याजदर बढाएका हुन । मुक्तिनाथ विकास बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अन्तर्गत बचत खातामा न्यूनतम ८ प्रतिशतदेखि अधिकतम १० प्रतिशत निर्धारण गरेको छ ।

त्यस्तै, मुद्दति खातामा न्यूनतम ११ प्रतिशतदेखि अधिकतम १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्