कृषि विकास बैंकको नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । ६ महिना देखि नबढेको ब्याजदर भदौ ३० गते बसेको नेपाल बैंकर्स संघको बैठकले राष्ट्र बैंकको निर्देशनमा रहि बैंकहरुले आफुखुसी ब्याजदर निर्धारण गर्ने पाउने निर्णय गरेसँगै आज बैंकले ब्याजदर बढाएका हो ।
बैंकले असोज १ गतेदेखि लागू हुने गरी बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम ८.१५ प्रतिशतले ब्याज बढाएको छ । साथै, सार्वजनिक नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा १०.१३ प्रतिशतद्खि अधिकतम १३.१३ प्रतिशतसम्म तोकिएको छ ।
त्यस्तै, मुद्धति निक्षेपमा रेमिट्यान्स बैंकले १३.१३ प्रतिशतले ब्याज दिने जनाएको छ ।
