५ लाख ५५ हजार कर्मचारी सञ्चय कोषमा आवद्ध, ३३ अर्ब आम्दानी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

५ लाख ५५ हजार कर्मचारी सञ्चय कोषमा आवद्ध, ३३ अर्ब आम्दानी



काठमाडौं । कर्मचारी सञ्चय कोष ६१ औ वार्षिकोत्सब मनाएकाे भएको छ । २०१९ सालमा स्थापित कर्मचारी सञ्चय कोषले ३३ अर्ब कमाएकाे छ । कर्मचारी सञ्चय कोषका करिब ५ लाख ५५ हजार सञ्चयकर्ताको चार खर्ब ५९ अर्ब ४३ करोड वित्तीय स्रोत रहेको कोषका निमित्त प्रशासक जितेन्द्र धितालले रहेको बताए।

उनका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २।८६ प्रतिशतले बढी रहेको उनले बताए। उनका अनुसार कोषमा यही भदौ मसान्तसम्म ३६४ कर्मचारीले ७ वटै प्रदेशमा केन्द्र रहेकोमा ८ वटा शाखा कार्यालय र ३ वटा सेवा केन्द्रमार्फत करिब ५ लाख ५५ हजार सञ्चयकर्ताको सञ्चय कोष र निवृत्तिभरण कोषको व्यवस्थापन गरिरहेका छन् ।

‘४ खर्बभन्दा बढी वित्तीय स्रोत परिचालन गरी मुलुकको सबैभन्दा जेठो र ठूलो वित्तीय एवं सामाजिक सुरक्षा संस्थाको हैसियतमा कायम गर्न कोष सफल भएको छ’‚ उनले भने।

उनले शिक्षक तथा अन्य राष्ट्रसेवक कर्मचारी लगायत प्रदेश सरकार र स्थानीय तहका कर्मचारीलाई योगदानमा आधारित निवृत्तिभरण प्रणालीमा आबद्ध गर्न नीतिगत तथा कानुनी व्यवस्थाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने भावी योजना रहेको बताए।

कार्यक्रमा कोषमा जम्म हुने कोष रकम तथा कोषबाट प्रदान भएका विभिन्न सापटी रकमको बारेमा जानकारी गराईएको थियो । त्यस्तै आर्थिक बर्ष २०७८। ७९मा सञ्चयकर्ताहरूको लागि पनि नयाँ प्रडक्टको रूपमा जग्गा खरिद कर्जा, घरकर्जा सापटी लागू भएका ३२ वटै जिल्लाहरुमा एकैपटक लागू गरिएको छ । कोषलाई एसोशिएसन अफ डेभलपमेन्ट फाइनानसिङ इन्सिच्युट अफ एसिया प्यासिफिकले गत बर्ष आइटीको प्रयोगमा भएको उपलब्धिको लागि अनलाइन सर्भिसेज, कोषमा विगत पन्ध्र वर्ष देखि कार्यरत कर्मचारीहरु तथा कोषमा पचिस वर्षसम्म काम गरेका कर्मचारीहरुलाई पुरिस्कृत गरी गरिएको हो ।

कोषका आधुनिक सेवा सुविधामा सन्चयकर्ताको सहज पहुचको लागि KYC विवरण उपलब्ध गराइएको छ । सन्चयकर्ताले कोषको वेबसाइट www.epf.org.np मा उपलब्ध individual KYC विवरण भरी submit गरेर प्राप्त हुने Submission Noसहितको प्रीन्ट तथा नागरिकता र सन्चयकर्ता परिचयपत्रको प्रतिलिपी सहित कोषमा सम्पर्क गरि सेवा लिन सक्नेछन् । सन्चयकर्ता कार्यलयले कोषको वेबसाइटमा उपलब्ध अफिस KYC बिवरण भरीsubmmit गरेर इमेलमा प्राप्त लिन्क क्लिक गरि कार्यलयको सम्पुर्ण जानकारी प्राप्त गर्न सकिन्छ ।

त्यस्तै विद्युत प्राधिकरणले सन्चालन गर्न लागेको माथिल्लो तमोर जलविद्युत आयोजनामा पनि सन्चय कोषले लगानी गर्ने भएको छ । विभिन्न बाणिज्य बैकले खुलाएको खाता मा १ अर्ब ९ करोड लगानी गरिएको छ । सञ्चयकर्ताका लागि पुराना सेवा सुविधालाई निरन्तरता दिने र यसमा वृद्धि गर्दै लगिएको छ ।

सञ्चयकोषका सुविधाहरु अन्तर्गत एउटा अवकाश भएपछि प्रतिफलसहित उनीहरुको नियमित अवकाशको रकम भुक्तानी गर्ने र अर्को उनीहरु सर्भिसमै रहँदा उनीहरुलाई विभिन्न कर्जा सुविधा दिने घरसापटी, विशेष सापटी, शैक्षिक सापटी, घरजग्गा खरिद सापटी, मर्मत सापटी तथा सरल चक्र कर्जा यिनै सापटीहरु हुन् । जसलाई सञ्चयकर्ताहरुले सेवामा रहँदा नै उपभोग गर्न सक्नेछन् । यस्तै, सामाजिक सुरक्षाका सुविधा अन्र्तगत कडा रोगको लागि १० लाख, अस्पताल भर्ना भइ उपचार गरेमा १ लाख बरावरको औषधोपचार खर्च सोधभर्ना, सुत्केरी तथा शिशु स्याहार, दुर्घटना क्षतिपुर्ति, काजकिरिया खर्च आदी सेवा सुविधा प्रदान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्