साना किसान विकास र आरएमडीसी लघुवित्त मर्जरमा जाने, स्वाप रेसियो कति ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

साना किसान विकास र आरएमडीसी लघुवित्त मर्जरमा जाने, स्वाप रेसियो कति ?



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्जरमा जाने भएका छन् ।

यी दुवै कम्पनी एक आपसमा मर्जरमा जानका लागि प्रारम्भिक पत्रमा हस्ताक्षर गरेका छन् । एक आपसमा गाभिनका लागि दुवै कम्पनीले शुक्रबार समझादारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा साना किसान विकास लघुवित्तको तर्फबाट अध्यक्ष खेमबहादुर पाठक र आरएमडिसी लघुवितको तर्फबाट अध्यक्ष सुजाता जोशीले हस्ताक्षर गरेका छन् ।

मर्जरका लागि स्वाप रेसियो १००ः८७ कायम हुनेछ । यो भनेको आरएमडीसी लघुवित्तको १०० कित्ता हुनेले साना किसान लघुवित्तको ८७ कित्ता सेयर पाउनेछन् ।

मर्जपछि साना किसान लघुवित्तको नामबाट एकीकृत कारोबार हुने सहमति भएको समझदारी पत्रमा उल्लेख गरिएको छ ।मर्जरपछि कम्पनीको पूँजी कोष ७ अर्ब बढी हुनेछ । कम्पनीको लगानीमा रहेको कर्जा करीब ४३ अर्ब रुपैयाँ पुग्नेछ ।

मर्जरपछि हुने कम्पनी सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक, प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला र ज्योति चन्द्र ओझा प्रमुख कार्यकारी अधिकृतपछिको कार्यकारी पदमा रहने सहमति भएको छ ।

दुबै कम्पनीका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने छन् ।


प्रतिक्रिया दिनुहोस्