मुक्तिनाथ विकास बैंकको १ करोडसम्मको बीमा भएको “मुक्तिनाथ आशिर्वाद बचत खाता” सार्वजनिक

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिले निक्षेपकर्ताहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र नेपालमै पहिलो पटक सर्वाधिक १ करोड १ लाखसम्मको बीमा सुविधा दिने“मुक्तिनाथ आशिर्वाद बचत खाता” योजना सञ्चालनमा ल्याएको छ ।
मुक्तिनाथ आशिर्वाद बचत खाता Gold Category मा न्यूनतम रु ५०,००० मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको २ जना सदस्यहरुको लागि रु ३० लाख गरी कुल ५१लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा समेत छुट प्राप्तगर्न सक्नेछन ।
यसै गरी मुक्तिनाथ आशिर्वाद बचत खाता Platinum Category मा न्यूनतम रु १००,००० मौज्दात राखेर खाता खोल्नु हुने खातावालाहरुले आफनो लागि २१ लाख र परिवारको ४ जना सदस्यहरुको लागि रु. ८०लाख गरी कुल रु १ करोड १ लाख सम्मको बीमा सुविधा पाउनेछन् र विभिन्न १५ वटा बैंकिङ्ग सेवाहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।
बीमा सुविधाअन्तर्गत आवधिकबीमा, दुर्घटना बीमा र १८ वटा घातक रोगको बीमाहुनेछ । थप जानकारीको लागिबैंकको १७६ वटै शाखाकार्यालयहरुमा सम्पर्क गर्न र मिस्डकल बैंकिङ्ग मोबाईल नं. ९८०१११००२२)मार्फत समेत जानकारी लिन सकिनेछ । साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्थमा आवद्ध अन्यजुनसुकै बैंकको एटिएम मिसेन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।