आइएमई मोटर्सले असोज ६ गतेदेखि लोन मेलाको आयोजना गर्ने « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

आइएमई मोटर्सले असोज ६ गतेदेखि लोन मेलाको आयोजना गर्ने



काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गर्ने भएको छ । काठमाडौँ, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमाअसोज २ गतेदेखी ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखी ७ गतेसम्म गरी दुई चरणमा सम्पन्नहुने उक्त मेलाको भरपूर फाइदाग्राहकहरूले लिन सक्नुहुनेछ ।

ग्राहक लक्षित अफर सहित यस प्रकारको फाईनान्स सुबिधा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुबिधा उपलब्ध हुनेछ। नेपालभरका सम्पूर्ण शाखाहरुबाट यो सुबिधा लिन सकिने छ। मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्याजदरमा अधिकतम फाईनान्स सुबिधा सहित स्थलगत निर्णय गरिन्छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचनाप्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीकाअवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुपनिरन्तर लाग्दै आएको छ। आइएमई मोटर्सले विशेष सुविधा युक्तएम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित सानातथा ठुला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्