मुक्तिनाथ विकास बैंकको दलदले शाखा कार्यालय स्थानान्तरण हुँदै

काठमाडौं । मुक्तिनाथ विकास बैंकको दलदले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।बैंकले नवलपरासी जिल्लाको देवचुली नगरपालिका–१३ दलदले शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।
एक सूचना निकाल्दै बैंकले उक्त कार्यालय अहिले रहेको स्थानबाट ४ सय मिटर उत्तरतर्फ नगरपालिका जाने बाटोमा स्थानान्तरण गर्न लागेको जनाएको छ।
उक्त शाखा असोज १० गतेदेखि स्थानान्तरण भई कारोबार संचालन गर्न लागेको बैंकको सूचनामा उल्लेख छ ।