बोटलर्स नेपालका दुई कम्पनीले गर्यो लाभांश घोषणा, कुनको कति ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बोटलर्स नेपालका दुई कम्पनीले गर्यो लाभांश घोषणा, कुनको कति ?



काठमाडौं ।बोटलर्स नेपालका दुबैं कम्पनी बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले लाभांश घोषणा गरेको छ ।

बोटलर्स नेपाल लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट प्रतिशेयर २० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको जनाएको छ ।

बोटलर्स नेपाल (तराई) ले भने आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट प्रतिशेयर ६० रुपैयाँ नगद लाभांश वितरण् गर्ने भएको हो । असोज ६ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामि साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरीने छ ।


प्रतिक्रिया दिनुहोस्