इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस नतिजा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरि हेर्नुहोस नतिजा



काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । भदौ ७ गतेदेखि कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि खुला गरेको आइपीओ असोज ९ गते बाँडफाँट गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाका लागि निष्कासन गरेको थियो । जसमध्ये ५ लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन थियो भने बाँकी ५० हजार ३१० कित्तामा भने आवेदन परेको थिए ।बिक्री हुन बाँकी शेयर अब सर्वसाधारणहरुको लागि खुला गर्दा थप गरेर ल्याउने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ बाँडफाँट सम्बन्धी नतिजा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडको बेवसाइट www.nibcl.com.np मार्फत हेर्न सकिनेछ । कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँदछ ।


प्रतिक्रिया दिनुहोस्