सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमा « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमा



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ५६ हजार १४ कित्ता संस्थापक सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा आएको छ ।

कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक खरिदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा(१३, साँगा, काभ्रेपलान्चोकमा आवेदन पेस गर्नुपर्नेछ । सातजना संस्थापक सेयरधनीहरूले विक्री गर्न चाहेको उक्त सेयरको मूल्य सम्बन्धित सेयरधनीहरूले तोकेबमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्