गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा, लाभांश पारित लगायत यस्ता छन् अन्य एजेण्डा ?

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बाह्रौं वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो कात्तिक ४ गते सभा गर्ने भएको हो ।
कम्पनीको असोज १२ गते बुधवार बसेको संचालकल समितिको १९१औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभाले ७.८३ प्रतिशत लाभांश पारित गर्नेछ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कुल ७.८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजारको आधारमा ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै आव अ २०७७÷७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।
हाल यो कम्पनी मर्जर प्रक्रियामा छ । गुराँस लाइफ, प्राइम लाईफ र युनियन लाईफ मर्जरमा जाने प्रक्रियामा छन् । सभाले मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रलाई समेत अनुमोदन गर्नेछ ।
