वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ३६ अर्बले बढ्यो : कर्जा प्रवाह भने घट्यो, सीडी रेसियो कति ? « Arthapath.com
२८ आश्विन २०७९, शुक्रबार

वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ३६ अर्बले बढ्यो : कर्जा प्रवाह भने घट्यो, सीडी रेसियो कति ?



काठमाडौं । बैक तथा वित्तीय संस्थामा निक्षेप संकलन एकै दिन ३८ अर्ब रुपैयाँले वृद्धि भएको छ ।

बैंकहरुमा बुधवारसम्म ५१ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । असोज २५ गते मंगलबारसम्म भने बैंकहरुले ५० खर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

यता, बाणिज्य बैंकहरुको निक्षेप भने एकदिनमै ३६ अर्ब रुपैयाँले वृद्धि भएको छ । योसंगै असोज २६ गते बुधवारसम्म बाणिज्य बैंकहरुले ४५ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यसअघि अर्थात असोज २५ गते मंगलबारसम्म भने ४४ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

राष्ट्र बैंकका अनुसार उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भने २ अर्बले घटेको छ । मंगलबारसम्म ४१ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाहरुले बुधावारसम्म भने ४१ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

राष्ट्र बैंकका अनुसार बाणिज्य बैंकहरुको कर्जा प्रवाह भने १ अर्बले घटेर ४१ खर्ब ८२ अर्ब रुपैयाँ कायम भएको छ । गत मंगलबारसम्म बाणिज्य बैंकहरुले ४१ खर्ब ८३ अर्ब कर्जा प्रवाह गरेका थिए।

बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सुधार देखिएको छ । गत मंगलबार ८७.८१ प्रतिशत रहेको सीडी रेसियो ८७.०१ प्रतिशतमा आएको छ ।


प्रतिक्रिया दिनुहोस्