आज साञ्जेन जलविद्युतको आईपीओमा आवेदन दिने अन्तिम मौका « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

आज साञ्जेन जलविद्युतको आईपीओमा आवेदन दिने अन्तिम मौका



काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले गत भदौ ५ गतेदेखि निष्काशन गरेको आईपीओमा आज बैंकिङ सयमसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले पहिलो चरण अन्र्तगत आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गरेको हो ।

उक्त आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सन्राइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत् कम्पनीको केन्द्रीय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्