ङादी ग्रुप पावरको अवितरित हकप्रद शेयर बाँडफाँट
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ ।
कम्पनीले असोज २ गतेदेखि १३ गतेसम्म विक्री गरेको १२ लाख ५७ हजार २९० कित्ता हकप्रद शेयर असोज २८ गते बाँडफाँट गरेको हो ।
कम्पनीले साउन १८ गतेदेखि भदौ ७ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर लिलामीमा विक्री गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० को आधारमा १ बराबर १ दशमलव ५ को अनुपातमा १ अर्ब ६ करोड ३ लाख ९८ हजार ६०० बराबरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर विक्री गरेको हो ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।















