नेप्से ९.६९ अकंले घट्यो, ११ उपसूचक राताम्य हुदाँ ८० करोडको भयो कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से ९.६९ अकंले घट्यो, ११ उपसूचक राताम्य हुदाँ ८० करोडको भयो कारोबार



काठमाडौं । आइतबार शेयर बजारमा सामान्य अकंले ओरालो लागेको छ । अघिल्लो साता सुधार तिर लम्किदैं गएको शेयर बजार फेरी ओरालो लाग्दा लागनीकर्ता हैरान भएका छन् । बीमा कम्पनी, बैंक, म्युचुअल फण्ड, फाइनान्सले आफ्नो गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण सुरु गरी रहेदा शेयर बजार ओरालो लाग्दा लागनीकर्ता निराश बनेका छन् ।

शेयर बजार यस्तो सिजनमा आसै ओरालो नलाग्ने विज्ञहरु बताउछन् । अघिल्लो साता निरन्तर सुधार शेयर बजारमा हुदाँ आज केही सामान्य अकंले घटेको अब शेयर बजारमा आसै ओरालो नलाग्ने आंकलन गरीएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६९ अकंले घटेर १८६०.९४ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुदाँ ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँको कारोबार भएको छ । बिहीबार भने बजार ४.१५ अंकले वृद्धि भएको थियो । बजार परिसुचक १८७०.६३ अंकको बिन्दुमा पुगेर बन्द भएको थियो । उक्त दिन ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता बढी सेयर खरिदबिक्री भएको थियो ।

आज १३ वटा उपसूचकमा ११ उपसूचक भने राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२५ प्रतिशतले शेयर मूल्य बढेको छ । साथै, आज फाइनान्स समूहको १.७८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १.६८ प्रतिशतले घटेको हो ।

साथै, आज सर्वाधिक कारोबार एभरेष्ट बैंकको भएको छ । बैंकको आज ८ करोड माथिको कारोबार भएको हो ।

त्यस्तै, अभियान लघुवित्तको शेयरमा सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्