बैंकहरुले बढाएनन् ब्याजदर, कात्तिकमा पनि असोज महिनाकै ब्याजदर कायम

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आगामी कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । तर, वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छैनन् ।
नेपाल बैंकर्स सघंको निर्णयानुसार कात्तिक महिनाका लागि बैंकहरुले ब्याजदर नबढाएका हुन् । कात्तिकमा पनि असोज महिनाकै ब्याजदरलाई कायम राख्ने संघको सहमति भएको छ ।
अधिकांश बैंकहरुको अधिकतम ब्याजदर १२.१३ प्रतिशत रहेको छ । रेमिट्यान्स मुद्दति खातामा भने १४ प्रतिशतदेखि १५ प्रतिशतभन्दा बढीसम्म ब्याजदर तोकेका छन् ।
असोज महिनाका लागि बैंक तथा वित्तीय संस्थाहरुले असोज महिनाका लागि बचत खातामा १० प्रतिशत र मुद्दती निक्षेपमा १५.३ प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।