शेयर बजार झिनो अकंले घट्यो, ६ उपसूचक हरियाली हुदाँ कारोबार खुम्चियो ५१ करोडमा « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर बजार झिनो अकंले घट्यो, ६ उपसूचक हरियाली हुदाँ कारोबार खुम्चियो ५१ करोडमा



काठमाडौं । हिजो ९ अकंले घटेको शेयर बजार आज पनि सुधार आउन सकेको छैन । वाणिज्य बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरुले आगामी कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका काराण समेत शेयर बजारमा सुधार आउन नसकेको आंकलन गरिएको छ । हिजो र आज शेयर बजारमा सामान्य ओरालो लाग्दा कारोबार पनि खुम्चिएको छ ।

शेयर बजारमा केही दिन यता झिनो सुधार तथा झिनो ओरालो लाग्ने क्रम जारी रहेकोमा कारोबार भने खुम्चिदैं आएको छ ,। आज कारोबार ५१ करोडमा खुम्चिदा लगानीकर्ता अझै के कुरेर बसेका छन् अन्यौल सिर्जना भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषण गर्दा समेत शेयर बजारमा सुधार आउन सकेको छैन ।

नजिकिदैं गरेको संघ र प्रदेशको चुनावमा हुने पैसाको चलखेलका कारण समेत लगानीकर्ता लगानी गर्ने डराइ रहेको आंकलन केही विज्ञहरुले गरेका छन् । शेयर बजारमा लागनी गर्ने यो सहि समय भए पनि लगानीकर्ता अझै डराइ रहेको आंकलन गर्ने थालिएको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६१ अकंले घटेर १८५८.३३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँको कारोबार भएको छ ।

आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.६९ अकंले घटेर १८६०.९४ बिन्दुमा बन्द भएको थियो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख ७४ हजार ७८५ कित्ता शेयर किनबेच हुदाँ ८० करोड ३५ लाख २५ हजार ५३३ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से सामान्य ओरालो लागे पनि आज ६ उससूचकमा हरियाली देखिएको छ । आज बैंकिङ समूहको ०.१२ प्रतिशत, ब्यापार समूहको ०.०९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४१ प्रतिशत, निर्जीवन बीमा समूहको ०.१७ प्रतिशत, अन्य समूहको ०.३६ प्रतिशत र म्युचुअल फण्डको ०.२१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै, आज अभियान लघुवित्त र सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, पिपुल्स पावरको शेयरमा भने आज नकारात्म सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्