मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको साधारण सभा कात्तिक २३ गते, आइपीओ निष्कासन मुख्य एजेण्डा « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको साधारण सभा कात्तिक २३ गते, आइपीओ निष्कासन मुख्य एजेण्डा



काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा कात्तिक २३ गते बस्ने भएको छ । सभा रजिष्टर्ड कार्यालयमा साँझ ४ : ३० बजे आव्हान गरेको हो ।

सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आर्थिक २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७९।२०८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्