वायुसेवा निगमले कोषलाई तिर्यो किस्ता वापतको ७३ करोड ९ लाख « Arthapath.com
१ असार २०८३, सोमबार

वायुसेवा निगमले कोषलाई तिर्यो किस्ता वापतको ७३ करोड ९ लाख



काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रकम भुक्क्तानी गरेको छ । नेपाल एयरलाइन्सले तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।

निगमले जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको हकमा न्यारोबडी जहाज खरिदको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता वापतको रकम भुक्तानी गरेको सहप्रवक्ता गणेश कुमार घिमिरेले जानकारी दिए ।


विगत तीन वर्षदेखि विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकामा निगमको सुधारबाट आम्दानीमा वृद्धि भएपछि किस्ता तिर्न सकिएको निगमको भनाइ छ ।


साउन ३१ गते पछिल्लो भुक्तानीअघि असार ३० गते पनि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्