छुट्नु होला है ! इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

छुट्नु होला है ! इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (कात्तिक २ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले सर्वसाधारणमा लागि सार्वजनिक निष्कासन मार्फत ६ लाख २३ हजार ३८९ कित्ता शेयर विक्रीमा ल्याएको हो । यसअघि आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको ५० हजार ३१० कित्ता शेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा ६ लाख ७० हजार ३१० कित्ता शेयर वितरण गरेको हो । सार्वजनिक निष्कासनमा आएकोबाहेक कुल कित्ता शेयरमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि र १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।

सर्वसाधारणले सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सकिने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्