सोल्टी होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने, साधारण सभा र बुक क्लोज कहिले ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सोल्टी होटलले २६ प्रतिशत लाभांश वितरण गर्ने, साधारण सभा र बुक क्लोज कहिले ?



काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अब उक्त लाभांश नियमक निकायबाट स्वीकृत भएपछि आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरीनेछ । कम्पनीले पुष २८ गते नेपाल प्रज्ञा भवन , काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा आह्वान गरेको छ ।

लाभांश वितरणका लागि कम्पनीले पुष ७ गतेदेखि पुष २८ गतेसम्म बुकक्लोजको गर्ने हुदाँ ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुमात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्