इमर्जिङ नेपालका निमित्त सिइओ बेलबासेलाई कम्पनी सचिवको समेत जिम्मेवारी
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ ।
कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासेलाई कम्पनी सचिवको जिम्मेवारी समेत दिने निर्णय गरेको हो ।
बेलबासेलाई कम्पनीको सहायक कम्पनी होटल एलिस द वण्डर इन लिमिटेडको संचालकको लागि समेत सिफारिस गरेको छ ।
















