अझैं आएन शेयर बजारमा सुधार, ११ उपसूचक राताम्य हुदाँ कारोबार ६४ करोडमा सिमित
काठमाडौं । बुधबार पनि शेयर बजारमा सुधार तिर लम्किन सकेको छैन । शेयर बजारमा यो साता सामान्य अकंले घटन्े क्रमले निरन्तता पाएको हो । शेयर बजार सुधार आउन नसक्दा लगानीकर्ता निराश बनेका छन् । लगानी गर्ने समेत डराइरहेका छन् । कारोबार रकम समेत निकै खुम्चिदैं आएको छ ।
पछिल्लो समय तरलता र ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको छ बजारमा वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरेकोमा अन्य वित्तीय संस्थाले के गर्छन भन्ने डरले समेत शेयर बजार खुम्चिेको हुन सक्ने आंकलन गरीएको छ । बजारको दीर्घकालीन सुधारका लागि लगानीयोग्य रकमको पर्याप्तता र सहज ब्याजदरले महत्वपूर्ण भुमिका खेलेका हुन्छन् । लाभांशको सिजन चलिरहेको हुदाँ हाल कम्पनीले धमाधम लाभांश घोषणा छन् तर शेयर भाउ भने सस्तो देखिदैछ । बजार अस्थिर देखिएपनि दीर्घकालीन लगानीका लागि अहिलेको बजार अवसर बन्न सक्ने विज्ञहरु बताउछन् । शेयर बजार घटेको बेला लागनी गर्ने बातावरण भएको जानकारहरु बताउछन् ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८१ अकंले घटेर १८४५.५१ बिन्दु बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६१ अकंले घटेर १८५८.३३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१६ कम्पनीको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर किनबेच हुदाँ ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँको कारोबार भएको थियो ।
शेयर बजार दोहोरो अकंले घट्दा ११ उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको १.५६ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.१८ प्रतिशतले शेयर मूल्य बढेको हो ।
आज सोल्टी होटल लिमिटेडको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । साथै, आज ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।



















