लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता शेयर बिक्रीमा, यसरि दिनुहोस् आवेदन « Arthapath.com
३ कार्तिक २०७९, बिहीबार

लुम्बिनी विकास बैंकको ९३ हजार कित्ता शेयर बिक्रीमा, यसरि दिनुहोस् आवेदन



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ९३ हजार ४०७ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी सुजन बरालको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको ६५ हजार कित्ता र गणेश राज रेग्मीको नाममा रहेको ११ हजार ४०७ कित्ता शेयर बिक्रीमा लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको (कात्तिक ३) मितिबाट १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

बैंकले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिदैं खरिद लागि ३५ दिने सूचना प्रकाशित गरेकोमा सो अवधि भित्र कुनै पनि आवेदन नपरे पछि उक्त शेयर सर्वसाधारण लागि खु्ला गरेको हो ।


प्रतिक्रिया दिनुहोस्