सुक्खा बन्दरगाहमा कन्टेनर थुप्रिँदा कोलकाता बन्दरगाहमा चाप - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

सुक्खा बन्दरगाहमा कन्टेनर थुप्रिँदा कोलकाता बन्दरगाहमा चाप



वीरगन्ज । कोरोना भाईरसको विश्वव्यापी महामारीले अहिले विश्व अथतन्त्रमा नै एउटा संकट पैदा गरेको छ । यो संकटले अर्थतन्त्र ठप्प प्रायः छ भने, धिमा गतिमा चलेको समुद्रपारको व्यापारमा पनि विभिन्न वाधा अवरोधहरू आउने गरेका छन् ।

नेपालको तेस्रो मुलुकसँगको व्यापारमा सधैं समस्या व्यहोर्नु परेका नेपाली आयातकर्ताहरूका लागि कोरोना भाईरस महामारी रोकथाम र नियन्त्रणका लागि अहिले भारत तथा नेपालमा पनि लकडाउनको अवस्थाले थप समस्याको सामाना गर्नु परिरहेको बताएका छन् । रेलमार्गबाट समुद्रमार्गसँग जोडिएको एकमात्र बन्दरगाह वीरगन्ज स्थित सुक्खा बन्दरगाहमा अहिले नेपालमा आयात गरिएका कण्टेनरहरू थुप्रिएका छन् । बन्दाबन्दीले ढुवानीका साधनको अभावले मात्रै नभइ सुक्खा बन्दरगाह संचालनको ठेक्का पाएको हिमालयन टर्मिनलको मनोमानीले पनि अहिले नेपाली आयातकर्ताहरूलाई थप समस्या हुने गरेको उनीहरूले बताए ।

हिमालयन टर्मिनलको वर्तमान प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीको कार्यकालमा नेपाली आयातकर्ताहरूले बढी समस्या भोग्नु परेको बताएका छन् । उनको व्यवहार र कार्यशैलीले नै नेपाली उद्योगी, व्यावसायी, आयातकर्ता तथा भन्सार एजेण्टहरू पनि असन्तुष्ट बनेका छन् । अहिले लकडाउनको समयमा कोलकाता बन्दरगाहबाट रेलमार्गबाट आएका मालवाहक कण्टेनहरू अनलोडलाई मात्रै प्राथामिकता दिने र नेपालमा ढुवानी हुने कण्टेनरहरू लोड गर्नका लागि चासो नदेखाउँदा सुक्खा बन्दरगाहमा कण्टेनर थुप्रिएपछि अहिले कोलकाता बन्दरगाहले नेपाल आउने कण्टेनरहरू भाडा तिर्नुपर्ने कण्टेनर फ्रेट स्टेशन ९सीएफएस० मा राख्ने भएको छ । यसको जानकारी कोलकता पोर्ट ट्रष्टले यसअघि नै व्यापारिक परिपत्र गरेर जानकारी दिएको छ । यसरी कोलकातामा सीएफएस गर्नुपरेमा नेपाली आयातकर्ताहरूले प्रतिकण्टेनरको ६ हजार रूपैंया भारतीय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

सीएफएस भएमा सामान आउनलाई समेत समय लाग्ने हुन्छ । यहाँ वीरगन्ज सुक्खा बन्दरगाहमा रेलवे ¥याक चारघण्टा भन्दा बढी रोकिएमा प्रतिकण्टेनरको ६ हजार रुपैंया हिमालयन टर्मिनलले भारतीय रेलवेलाई तिर्नुपर्ने भएकोले हिमालयन टर्मिनलले नेपालमा ढुवानी हुने कण्टनेर भन्दा कोलकाताबाट रेलवे ¥याकमा आउने कण्टनेर अनलोड गर्न प्राथामिकता दिने गरेकोले सुक्खा बन्दरगाहमा कण्टेनरहरू थुप्रिएको हो । आयातकर्तालाई अर्को समस्या ९डिएपी० डकुमेण्ट अफ्टर पेमेण्ट पनि हो । सामान आयात गर्ने डकुमेण्ट वीरगन्जमा आएर बैंकमा सक्कली डकुमेण्ट बुझाएपछि मात्रै राष्ट्रबैंकले बैंकलाई पैसा पेमेण्ट गनुपर्ने हुन्छ ।

अहिले लकडाउनको समय भएकोले अनलाईन सिस्टमलाई राष्ट्रबैंकले मान्यता दिने प्रावधान पनि नरहेको तथा सबै कुरियरहरू बन्द रहेकाले डकुमेण्ट नआउँदा पनि सुक्खा बन्दरगाहमा अहिले मालवाहक कण्टेनर रोकिएको एक आयातकर्ताले बताए । नेपाल राष्ट्र बैंकले सक्कली डकुमेण्ट आएपछि मात्रै माल पास गर्न पैसा दिन बैंकहरूलाई अनुमति दिएकोले डकुमेण्ट नआएर डाईपोर्टमा माल त्यसै बसेको छ । एक आयातकर्ताले कारोबारसँग भने, “आउने मालवाहक कण्टेनरहरू रेलमार्फत आईरह्यो, ड्राईपोर्टको क्षमता १५ सय कण्टेनर हो त्यसैले कन्टेनर थुप्रियो । अहिले दिनको तीसयदेखि चारसय कण्टेनर आईरहेको छ । रेलमा डेमरेज लाग्दैन तर, हिमालयन टर्मिनलले दिनभरी कण्टेनर अनलोड गरेर रेल ¥याक खाली गर्छ ।” कण्टेर भित्र बढी हुन्छ अनि नेपालमा ढुवानी गर्ने माल लोड हुदैन । दिउँसो ३, ४ बजे मात्रै ढुवानी गर्ने गाडी भित्र छिर्न दिन्छ । त्यतिखेर सम्म भन्सार कर्मचारीहरूको हिड्ने समय हुन्छ ।

भन्सार कर्मचारीले गाडी भित्र नआएपनि विश्वास र व्यावहारिक रूपमा पास गरिदिन्छन् र केही सहज भएको छ । नभए आयातकर्ताहरूलाई ड््यामरेज चार्ज र डिटेन्स तिर्नुपर्ने बाध्यता कायम नै छ । भारत सरकारले कोभिड–१९ बाट प्रभावित समयावधि भर शुल्कहरू पनि छुट गरेको छ । तर, नेपालमा त्यस्तो अहिलेसम्म केही गरेको छैन । हिमालयन टर्मिनलले एकपैसा पनि छोड्दैन । हिमालयन टर्मिनलको यार्ड कण्टेनर खाली गर्न स्थान अभावले समस्या भए बाहिर सुक्खा बन्दरगाह भन्सार कार्यालय अगाडि खाली यार्ड छ । त्यसमै भन्सारसँग समन्वय गरेर बाहिर ल्याएर राख्न सुझाव दिएपनि वेवास्ता गर्ने गरेको आयातकर्ताहरूको भनाई छ । रेलको रेक रोकियो भने चारघण्टापछि ६ हजार प्रतिघण्टा भारतीय रेलवेले लिन्छ । त्यो पैसा बचाउनको लागि नेपाली आयातकर्ताहरूलाई हिमालयन टर्मिनलले बेवास्ता गरिरहेको उनीहरूको बुझाई छ ।

कोलकाता बन्दरगाहमा कण्टेनर बढी भएर राख्ने ठाउँ नभएर सीएफएस ग¥यो भने ६ हजार रुपैयाँ प्रति कण्टेनरको पैसा बचत गर्न हल्दिया बन्दरगाह विकल्पको रूपमा रहेको छ । तर, त्यहाँबाट पनि कोंकरकै रेल ¥याक चल्ने भएको र त्यहाँबाट राम्रो रेलवे सेवा नभएकोले आयातकर्ताहरू हल्दिया बन्दरगाह रुचाउदैनन् । हल्दिया बन्दरगाह कोलकाता बन्दरगाहदेखि १ सय ६० किलोमिटरको दूरीमा रहेको छ । अहिले लकडाउनले गर्दा भारतको सडकमार्गबाट समेत ट्रकहरू नपाईने र पाईएपनि ढुवानी भाडा महंगो पर्न जान्छ ।

लकडाउनपछि सबै सामानहरू अहिले रेलबाटै आईरहेका छन् । रेलमार्गबाट सामान ल्याउदा एउटा कण्टेनर ३० हजार जति ढुवानी भाडामा बचत हुन आउछ । एउटै आयातकर्ताले महिनाको ४ सय कण्टनेर रेलबाटै मगाउने गरेको छ । तर, हिमालयन टर्मिनलको मनोमानी र अन्य वैकल्पिक मार्गहरू पनि हुँदा नेपाली आयातकर्ताहरू उसको हैक सहन बाध्य भएका छन् ।कारोबार दैनिक


प्रतिक्रिया दिनुहोस्