मर्जर प्रक्रियामा आधा दर्जन वाणिज्य बैंक, कहिले होला एकीकृत कारोबार ? « Arthapath.com
६ कार्तिक २०७९, आईतवार

मर्जर प्रक्रियामा आधा दर्जन वाणिज्य बैंक, कहिले होला एकीकृत कारोबार ?



काठमाडौं । करिब डेढ दर्जन बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का रहेको छ ।

हाल आधा दर्जन वाणिज्य बैंकहरुको सेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ । मर्जर तथा एक्विजिसनका कारण हाल ८ वटा वाणिज्य बैंकहरुको सेयर कारोबार रोक्का रहेको हो ।

मर्जर प्रक्रियाका कारण हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट, मेगा, कुमारी, एनसीसी, सिभिल र सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको गत ३१ गतेदेख सेयर कारोबार रोक्का रहेको छ । मर्जरमा जानका लागि यी दुवै बैंकहरुले गत जेठ २७ गते सम्झौता गरेका थिए ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको स्वाप रेसियो १००ः९० हुने सहमति भएको हो । यो भनेको नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहका अनुसार पूर्व सहमति अनुसार नै धेरै कार्य अघि बढेको बताए । यति बेला डीडीए सकाएर कर्मचारी मिलान, शाखा कार्यालय मिलान लगायतका कार्यका लागि कमिटि गठन गरि कार्य अघि बढेको उनले बताए । उनले भने,–’पूर्व सहमति अनुसार नै कार्य अघि बढेका छन्, अहिले आन्तरिक सबै प्रक्रिया मिलाएर हामी पुस मसान्तसम्म एकीकृत कारोबार गरिसक्छौ ।’ यी दुवै बैंकलाई मर्जरमा जानका गत असार २२ गते लागि राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि प्रदान गरेको छ ।

यस्तै, मर्जरमा जानका लागि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले गत असार २ गते सम्झौता गरेका छन् । यी दुवै बैंक १ः१ को स्वाप रेसियो कायम गरि मर्जर गर्ने सम्झौता भएको हो । योसंगै हाल दुबै बैंकको गत असार २ गतेदेखि नै सेयर कारोबार रोक्का रहेको छ ।

यता, हिमालयन बैंकसंग मर्जर सम्झौता गरेको सिभिल बैंकको गत असार ३० गतेदेखि नै सेयर कारोबार रोक्का रहेको छ । मर्जरमा जानका लागि बैंकले गत असार २९ गते मर्जर सम्झौता गरेको हो ।

यस्तै, कुमारी बैंक र एनसीसी बैंकले पनि मर्जरमा जानका लागि असोज १० गते सम्झौता गरेका छन् । मर्जरमा जानका लागि यी दुवै बैंकले राष्ट्र बैंकबाट पनि सैद्धान्तिक स्वीकृत पाइसकेका छन् । दुवै बैंकले पुस मसान्तभित्रमा मर्जर प्रक्रिया टुङ्याउने तरारीमा रहेका छन् । दुवै बैंकले स्वाप रेसियो एक बराबर एकमा गाभिने सहमति भएका हुन् ।

त्यसैगरि नेप्सेमा सेञ्चुरी बैंकको पनि सेयर कारोबार रोक्का रहेको छ । प्रभु बैंकसंग मर्जर सम्झौता गरेको बैंकको गत साउन १६ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । प्रभु बैंक र सेञ्चुरी बैंक मर्जरमा जानका लागि गत साउन १५ गते सम्झौता गरेका थिए । दुबैं बैंकले १ः१ मै मर्जरमा जाने सहमतीएका हुन् । राष्ट बैंकले प्रभु बैंक र सेञ्चुरी बैंकलाई एक आपसमा मर्जरमा जान साउन १५ गते सम्झौताभएसँगै राष्ट बैंकले सैद्धान्तिक स्वीकृत दिएको हो ।

मर्जर सम्झौता गरेका बैंकहरुले आगामी पुस मसान्तभित्र एकीकृत कारोबार सुरु गरिसक्ने बताउँदै आएका छन् ।

लामो समयदेखि सेयर कारोबार रोक्का हुनेभएपछि लगानीकर्ता मार पर्दै आएका छन् । तर, नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिशन सम्बन्धी सेयर कारोबार रोक्का निर्देशिकाको प्रारम्भिक मस्यौदा सार्वजनिक गरिसकेको छ । यता, बोर्ड स्रोतका अनुसार कारोबार रोक्का सम्बन्धी निर्देशिकालाई अन्तिम रुप दिने तयारी रहेको जनाएको छ ।

लगानीकर्ता तथा सर्वसाधारणको राय सुझाव लिनको लागि बोर्डले मस्यौदा सार्वजनिक गरेको थियो । नयाँ ब्यवस्था अनुसार अब मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोक्का हुनेछ । आधारभूत सेयरधनीहरुको सेयर कारोबार भने मर्जर सम्झौता लगत्तै रोक्का हुने बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्