तिहार बिदामा कुनको बैंकको कुन शाखा खुल्ला रहने ? यस्तो छ बैंकहरुको समय तालिका ! « Arthapath.com
६ कार्तिक २०७९, आईतवार

तिहार बिदामा कुनको बैंकको कुन शाखा खुल्ला रहने ? यस्तो छ बैंकहरुको समय तालिका !



काठमाडौं । बैंकहरुले तिहार बिदामा सेवा दिने भएका छन् ।

बाणिज्य बैंकहरुले यस वर्षका तिहार तथा छठ बिदा अवधिमा पनि शाखा तथा विभिन्न काउन्टर संचालन गरि सेवा दिने भएका हुन् । तिहार बिदाको बेलामा ग्राहकलाई सहज बैंकिङ्ग सुविधा प्रदान गर्न बैंकहरुले शाखा खुला गर्ने भएका हुन् ।

बैंकहरुले देशका सातै वटा प्रदेशमा छुट्टा–छुट्टै शाखा तथा काउन्टर संचालन गरि फरक –फरक समयमा सेवा दिने भएका हुन् ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले तिहार, छठ बिदामा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएको छ । बैंकले सातै प्रदेशको विभिन्न शाखा मार्फत सेवा दिने भएको हो । बैंकले कात्तिक ७ गतेदेखि कात्तिक १३ गतेसम्म विभिन्न शाखा मार्फत बैंकिङ्ग सुविधा दिनेछ । शाखा तथा काउन्टर भने बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म रहेको बैंकले जनाएको छ ।


सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले पनि तिहार तथा छठ पर्वको बिदाका दिनमा बैंकिङ सेवा प्रदान गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका तथा उपत्यका बाहिरका विभिन्न शाखाहरुबाट सुविधा दिने भएको हो । काठमाडौं उपत्याका हात्तिसार, न्यरोड, तिनकुने, सुर्यविनायक र कुमारीपाटी शाखा मार्फत बैंकले सेवा प्रदान गर्नेछ । उपत्यका बाहिरका शाखा कात्तिक ७ गतेदेखि ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संचालन हुनेछन् ।


सानिमा बैंक

सानिमा बैंकले पनि तिहार बिदामा बैंकिङ्ग सुविधा प्रदान गर्ने भएको छ । बैंकले ग्राहकको सुविधाका लागि तिहार बिदामा पनि सेवा प्रदान गर्ने भएको हो । बैंकले कल सेन्टर सेवा उपलब्ध गराउने भएको हो । बैंकले कात्तिक ७ देखि ९ गतेसम्म बिहान ७ बजेदेखि राती ११ बजेसम्म सेवा दिनेछ । यस्तै, कात्तिक १० गते बिहान १० देखि बेलुका ६ बजेसम्म र कात्तिक ११ गते बिहान ७ बजेदेखि राती ११ बजेसम्म सेवा उपलब्ध गराउने भएको हो ।


प्रभु बैंक

प्रभु बैंकले तिहार बिदामा पनि विभिन्न शाखा तथा काउन्टर संचालन गरि सेवा दिने भएको छ । बैंकले काठमाडौं उपत्यकाभित्रका मुख्या शाखा तथा कमलादी शाखा कात्तिक ७,८ र ९ गते र ललितपुर शाखा कात्तिक ७ र ८ गते संचालन हुने भएको हो । कारोबार समय भने बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहनेछ । उपत्यका बाहिर भने शाखा कार्यालय र मिति अनुसार फरकफरक समयमा संचालन हुने बैंकले जनाएको छ ।


मेगा बैंक

मेगा बैंकले तिहार बिदामा पनि देशभरका विभिन्न शाखा मार्फत सेवा दिने भएको छ । बैंकले कात्तिक ७ गतेदेखि ११ गतेसम्म काठमाडौं उपत्यका सहित देशका विभिन्न शाखा मार्फत सेवा दिने भएको हो । बैंकले बिदाको दिनमा पनि बिहान ११ बजेदेखि २ बजेसम्म सेवा दिने भएको हो।


सिभिल बैंक

सिभिल बैंकले तिहार तथा छठ पर्वको बिदामा पनि देशभरका विभिन्न शाखा मार्फत सेवा दिने भएको छ । बैंकले कात्तिक ७ गतेदेखि १३ गतेसम्म विभिन्न शाखा तथा काउन्टर खुला गरि सेवा दिने भएको हो । शाखा तथा काउन्टर भने बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला हुने बैंकले जनाएको छ ।

एनसीसी बैंक

एनसीसी बैंकले पनि तिहार बिदामा विभिन्न शाखा तथा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको छ । बैंकले काठमाडौं उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा मार्फत बैंकिङ्ग सुविधा दिने भएको हो । बैंकले कात्तिक ७ गतेदेखि ११ गतेसम्म देशभकार विभिन्न शाखा खुला गरि सेवा दिने जनाएको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंक पनि बैंकिङ सहजताका लागि तिहार बिदामा पनि विभिन्न शाखा मार्फत सेवा दिने भएको छ । बैंकले सातै वटा प्रदेशका विभिन्न शाखा मार्फत सेवा दिने भएको हो । कात्तिक ७ गतेदेखि ३० गतेसम्म बिहान १० देखि दिउँसो १ बजेसम्म शाखा खुला गरि सेवा दिने बैंकले जनएको छ ।


प्रतिक्रिया दिनुहोस्