ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश वितरणको घोषणा गरेको छ । बैंकको कात्तिक ६ गते आइतबार बसेको सचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकले गत आर्थिक वर्षको २०७८/७९ को मुनाफाबाट आफ्ना सेयधरनीहरुलाई ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश अब राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित परेपछि वितरण हुनेछ ।