एभरेष्ट बैंकको लोभलाग्दो वित्तीय प्रगति: नाफासंगै प्रतिसेयर आम्दानी पनि बढ्यो (विवरणसहित)

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले चालु आवको पहिलो त्रैमासमा ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने ४८.९५ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा बैंकले ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो ।
उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ७२.६८ प्रतिशतले वृद्धि भई १ अर्ब ८८ करोड ५४ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
असोज मसान्तसम्ममा बैंकको कुल संचालन आम्दानी २ अर्ब १९ करोड ५४ लाख ३७ हजार, संचालन नाफा १ अर्ब २३ करोड १८ लाख ६६ हजार रुपैयाँ रहेको छ । बैंकको उक्त अवधिमा वितरण योग्य नाफा भने ४ अर्ब ७१ करोड ६८ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १३ अर्ब ९४ करोड ७३ लाख ९ हजार रुपैयाँ राखेको छ ।
चालु आवको असोज मसान्तसम्ममा बैंकले १ खर्ब ७३ अर्ब ८४ करोड ४५ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । उक्त अवधिमा बैंकले १ खर्ब ४७ अर्ब ९८ करोड १३ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
उक्त अवधिमा बैंकको खराब कर्जा भने झिनो वृद्धि भई ०.३३ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ३९ रुपैयाँले वृद्धि भई ३६ रुपैयाँ ४३ पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३२ पैसा रहेको छ ।