नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा आकाशियो, चुक्तापूँजी १८ अर्ब माथि जाँदा अन्य सूचक कस्तो ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा सुधार आएको हो ।
असोज मसान्तसम्ममा आइपुग्दा कम्पनीको खुद नाफा २३.४७ प्रतिशतले बढेर १ अर्ब १४ करोड ५ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ९२ करोड ३७ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
साथै कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा सुधार आउँदा मुनाफामा सुधार देखिएको हो । कम्पनीको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशतले बढेर २ अर्ब १२ करोड ९५ लाख ३१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १ अर्ब २७ करोड ९० लाख ५७ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ३१ करोड ९७ लाख ८ हजार रुपैयाँ आर्जन गरेको चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा संचालन नाफा २३.४७ प्रतिशतले बढेर १ अर्ब १४ करोड ५ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको छ ।
समिक्षा अवधिमा बैंकको चुक्तापूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ, जगेडा कोष २.८७ प्रतिशतले बढेर १५ अर्ब ९ करोड ८९ लाख ५७ हजार रुपैयाँ, निक्षेप संकलन ४.०६ प्रतिशतले बढेर १ खर्ब ९२ अर्ब ३० करोड १४ लाख ३८ हजार रुपैयाँ र कर्जा प्रवाह ७.०७ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब ६० करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ ।
बैंकको वितरणयोग्य नाफा ७७५.०२ प्रतिशतले बढेर १ अर्ब ८० करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसाले बढेर २४ रुपैयाँ ९२ पैसा (वार्षिक) पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ३२ पैसा छ ।