स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो लाभांश घोषणा « Arthapath.com
१४ कार्तिक २०७९, सोमबार

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गर्यो लाभांश घोषणा



काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

बैंकको आज (कात्तिक १४ गते) बिहान १० बजे बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १६.५१ प्रतिशत (कर बाहेक) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात कम्पनीको बार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्