शेयर बजारमा दोहोरो अकंको सुधार, १२ उपसूचक हरियाली हुदाँ कारोबार ७० करोड
काठमाडौं । दिपावली पछि पनि शेयर बजारमा दोहोरो अकंको सुधार देखिएको छ । दिपावली अघि पनि दोहोरो अकंले बन्द भएको शेयर बजार करिब एक साता बन्द पछि खुल्दा सुधार तिर गएको हो ।
शेयर बजारमा अब लगानीकर्ताले ब्याजदरको त्रासलाई सहज रुपमा बुझ्दा शेयर बजारमा उकालो लागेको छ । शेयर बजार अब बढ्ने की घट्ने भन्ने कुरा लगानीकर्ताको मनोबलले निर्धारण गर्ने शेयर विज्ञहरु बताउछन् । सबैं बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरी रहेको हुदाँ शेयर बजार अब ओरालो नलाग्ने केही जानकारहरु बताउछन् ।
साथै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अधिकांश ठूला कम्पनीको राम्रो आउदैं गरेकाले पनि शेयर बजारले अब सहि दिसा दिन आंकलन गर्ने थालिएको छ । शेयर बजार अबको केही महिना भित्र उचालिने जानकारहरुले बताइ रहेको पाइन्छ । कुनै समय ३२ सय बिन्दुमा पुगेको नेप्से अहिले १८ बिन्दुमाम कायम भइरहेको छ । अब भने सुधार तिर लम्किने आंकलन गरीन थालेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अकंले बढेर १८७४.८७ बिन्दु बन्द भएको छ । तिहार अघि अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.३५ अकंले बढेर १८५८.४९ बिन्दु बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुदाँ ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको १५ लाख ३८ हजार ४२ कित्ता शेयर किनबेच हुदाँ ५१ करोड ६८ लाख ३ हजार ४८३ रुपैयाँको कारोबार भएको थियो ।
आज सबैं एनआईसी एशिया बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ६ करोड १७ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, सोमबार १२ वटा उपसूचकमा हरियाली छाएको छ । आज विकास बैंकको शेयर मूल्य मात्र ०.३९ प्रतिशतले घटेको हो । साथै आज अन्य समूहको १.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.६५ प्रतिशत, ब्यापार समूहको १.१४ प्रतिशत र बैंकिङ समूहको १.५२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

साथै आज सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अपर हेवाखोला हाइड्रोपावको शेयर ८.१६ प्रतिशतले घटेको छ ।


















