एक कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए
काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अकंले बढेर १८७४.८७ बिन्दु बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुदाँ ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भएको हो ।
सोमबार सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, नेपाल एसबिआइ बैंकको ८.२४ प्रतिशत, साइन रेसुङ्गा डेभलपेमन्ट बैंकको ७.०७ प्रतिशत र एनआइसि एशिया बैंकको ६.८० प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज सबैं भन्दा बढी अपर हेवाखोला हाइड्रोपावरको लगानीकर्ताले गुमाएका छन् । कम्पनीको शेयर आज ८.१६ प्रतिशतले घटेको हो । साथै, रुरु जलविद्युत प्रयोजनाको ६.५८ प्रतिशत र अभियान लघुवित्तको ४.७१ प्रतिशतले शेयर घटेको हो ।



















