हालसम्म कति बाँड्यो त स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई लाभांश ? यस्तो देखियो १२ वर्षे इतिहाँस
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकको आज (कात्तिक १४ गते) बिहान १० बजे बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १६.५१ प्रतिशत (कर बाहेक) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिए पश्चात कम्पनीको बार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।
विगत १२ वर्ष यताको कम्पनीको लाभांश इतिहाँस हेर्ने हो भने कम्पनीले बोनस शेयर ४ पटक दिएको छैन । कम्पनीले १२ चोटी नै नगद लाभांश दिदा ४ पटक भने बोनस शेयर नदिएको पाइएको छ । जुन यो वर्ष पनि बोनस शेयर दिएको छैन । कम्पनीले ९ पटक लाभांश घोषणा गर्दा ३ पटक नगद लाभांश दिएको छैन ।
१२ वर्ष यताको इतिहाँसलाई हेर्ने हो भने कम्पनीले सबै भन्दा बढी लाभांश आर्थिक वर्ष २०७३।०७४ मा दिएको छ । सो अवधिमा बैंकले आफ्ना शेयरधनीहरुलाई १०० प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश गरी कुल १०५.२६ प्रतिशत लाभांश वितरण गरेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०६८।०६९ मा बैंकले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ४५ प्रतिशत नगद लाभांश गरी कुल ६० प्रतिशत लाभांश वितरण गरेको थियो । साथै, आर्थिक वर्ष २०७०।०७१ मा बैंकले ५१.५ प्रतिशत लाभांश वितरण गरेको थियो । सो आर्थिक वर्ष बैंकले १० प्रतिशत बोनस शेयर ४१.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०६९।०७० मा बैंकले १० प्रतिशत बोनस शेयर र ४० प्रतिशत नगद लाभांश वितरण गरेको हो भने आर्थिक वर्ष २०६७।०६८ मा बैंकले आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत नगद लाभांश दिएको थियो ।
साथै, आर्थिक वर्ष २०७१।०७२ मा २५ प्रतिशत बोनस शेयर र १९.२१ प्रतिशत नगद लाभांश गरी कुल ४४.२१ प्रतिशत, आर्थिक वर्ष २०७२।०७३ मा ३३.३३ प्रतिशत बोनस शेयर र १.७५ प्रतिशत नगद लाभांश गरी कुल ३५.०८ प्रतिशत लाभांश वितरण गरेको थियो ,
१२ वर्षको यताको इतिहाँस हेर्ने हो भने सबैं भन्दा कम लाभांश कम्पनीले आर्थिक वर्ष २०७६।०७७ मा दिएको थियो । सो वर्ष बैंकले ७ प्रतिशत बोनस शेयर र ४.८४ प्रतिशत नगद लाभांश गरी कुल ११.८४ प्रतिशत लाभांश वितरण गरेको थियो । साथै, आर्थिक वर्ष २०७७।२०७८ मा १० प्रतिशत बोनस शेयर र ३.०६ प्रतिशत नगद लाभांश गरी कुल १३.०६ प्रतिशत लाभांश बाडेको हो ।
त्यस्तै, आर्थिक वर्ष २०७४।०७५ मा १७.५ प्रतिशत नगद लाभांश मात्र र २०७५।०७६ मा २२.५ प्रतिशत नगद लाभांश दिएको थियो । सो आर्थिक वर्षमा बैंकले बोनस शेयर वितरण गरेको थिएन ।















