शेयर बजारमा छलाङ, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर बजारमा छलाङ, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । शेयर बजारमा छलाङ आएको छ । लामो समय पछि शेयर बजार उचालिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५६.११ अकंले बढेर १९३०.९९ बिन्दमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अकंले बढेर १८७४.८७ बिन्दु बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६४१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुदाँ ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भएको थियो ।

आज एनआईसी एशिया बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको ६ करोड ६५ लाख ६० हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंकको ५ करोड ९२ लाख ७० हजार रुपैयाँ, शिवम सिमेन्टको ५ करोड १७ लाख ८४ हजार रुपैयाँ, रिडि पावरको ५ करोड ३९ हजार रुपैयाँ र एभरेष्ट बैंकको ४ करोड ६८ लाख ५ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्