बैंकिङ्ग प्रणालीमा १७ अर्बले घट्यो निक्षेपः कर्जा प्रवाह भने वृद्धि, सीडी रेसियो कति ?

काठमाडौं । बैंकहरुको निक्षेपमा गिरावट आएको छ । चाडपर्वका कारण बैंकिङ्ग प्राणाली निक्षेप घटेको हो ।
एक साताको अवधिमा बैंकहरुको निक्षेप १७ अर्ब १३ करोड रुपैयाँले घटेको हो । नेपाल बैंकर्स संघका अनुसार कात्तिक ४ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो । तर, कात्तिक ११ गतेसम्म आईपुग्दा भने घटेर ४५ खर्ब २४ अर्ब कायम भएको हो ।
उक्त अवधिमा भने कर्जा प्रवाह वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार एक सातामा कर्जा प्रवाह ५६ करोड रुपैयाँले वृद्धि भएको हो । योसंगै कात्तिक ११ गतेसम्म बैंकहरुले ४२ खर्ब २५ करोड ४१ करोड ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । बैंकहरुले कात्तिक ४ गतेसम्म भने ४२ खर्ब २४ अर्ब ८५ करोड ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
उक्त अवधिमा बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) वृद्धि भई ८७.५८ प्रतिशत पुगेको छ । यसअघि अर्थात कात्तिक ४ गतेसम्म भने बैंकहरुको यो अनुपात ८७.२३ प्रतिशत रहेको थियो ।