बढ्यो सेयर बजार: कारोबार रकम पनि वृद्धि, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बढ्यो सेयर बजार: कारोबार रकम पनि वृद्धि, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । बुधावार पनि सेयर बजार वृद्धि भएको छ । उक्त दिन बजार ७.३२ अंकले वृद्धि भएको हो ।साताको तेस्रो कारोबार दिन बजार परिसुचक १९३९.३० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन बैंकिङ समूह २.६१ अंक, व्यापार समूह २२.९७ अंक र निर्जीवन बीमा समूह १.६२ अंकले घटेको छ । यी बाहेकका अन्य समूहहरु हरियाली बनेका छन् ।

बुधवार १ अर्ब ४६ करोड ७९ लाख १४ हजार रुपैयाँ बराबरको ४३ लाख ४६ हजार ७०८ कित्ता सेयर कारोबार भएको छ । उक्त दिन शिवम सिमेन्टसहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी शिवम सिमेन्ट ७ करोड ८५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको ५ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, आज रिदी पावर कम्पनीको ५ करोड १९ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।


प्रतिक्रिया दिनुहोस्